जान्न चाहन्छु म

जान्न चाहन्छु म यात्रामा रोकिरहेछु या रोकाइरहेछन
जान्न चाहन्छु म बाटोमा लडिरहेछु या लडाइरहेछन

मन एकनास छैन कहाँ कहाँ उडिरहन्छ दगुरिरहन्छ
जान्न चाहन्छु म हावामा बहकिरहेछु या बाहकाइरहेछ्न

चहाना उदेस्य आज पनि जस्ताको तस्तै छ्न याहा
जान्न चाहन्छु म आफै आफै ल्याइरहेछु या ल्याइदिरहेछ्न

मन भरी बनेको छ चिन्ता पिर सफलता भित्रको तग्दिर
जान्न चाहन्छु म आफै सफलता देख्दैछु या देखाइरहेछन

जितको खुसी खोज्दै खोज्दै दौडिदै दौडिदै लडिरहेछु आज
जान्न चाहन्छु म याहा चिप्लीरहेछु या चिप्लाइ रहेछ्न

कसैको दिलमा डेरा गरि बस्न चाहादा चाहादै ठाउँ मिल्दैन
जान्न चाहन्छु म ठाउँ आफैमेटिरहेछु या मेटाइरहेछ्न

धोका छल देख्छु डर लाग्छ कहि कतै पाइला चाल्न नि
जान्न चाहन्छु म भ्रम्मा परिरहेछु या पारियकोरहेछन

म को हु केहो कस्तो छु आफैले अफैको बारे जान्नचाहन्छु
जान्न चाहन्छु म कुरा सुन्छु या कसैलेसुनाइ रहेछ्न ||

Leave a Reply

Back To Top