एउटा कल्पना दिल्मा बडिरहेछ
एउटा सपना निन्दमा परिरहेछ
केहोला जीवन केहोला भबिस्य
अन्योल आज लडि रहेछ रहेछ
सब्को मन मा आँसु बगिरहेछ
हासो खुसो कोरोनालेलगिरहेछ
केहोला आँसु के होला अब हासो
सबैको दिल्मा पिडा चडिरहेछ
भन्नलाई भन्छ्न दुइदिने चोला
मृत्यु को कुरामा कति डर भाहोला
केहोला चाहाना केहोला सपना
भोलिको सपना आज मरिरहेछ
एउटा कल्पना दिल्मा बडिरहेछ
दोस कस्लाइ दिउ मान्छे या प्रकृति
बिर्शियै भेसभुसा रहनसहन सस्कृती
केहोला आस्था केहोला हाम्रो बिस्वास
आज एक अर्काको बिस्वास सडी रहेछ
एउटा कल्पना दिल्मा चडिरहेछ |