पाइला चाल्छु आखिर हिडेर काहा पुगिन्छ थाहाछैन
सम्झना खोज्छु सोच्छु काहा के के सम्झिन्छ थाहा छैन
मै माथी खेल खेल्ने खेलाउने जित्ने हार्ने मार्ने लतार्ने
भलिबल जस्तो जिन्दगी कति नाच्छ उफृन्छ थाहा छैन
बाआमाको प्रेम हिमाल पहाड तराइ छैन कतै पराइ
सम्झिन्छु देश पर्देशमा आफै कता बसिन्छ थाहाछैन
कोक्रोमा हाल्लाउदै लोरि सुनाउदै कुरा गर्छुन ति आमा
पाल्छ्न्छ की बृदा आश्रममा लागेर फाल्दिन्छ थाहाछैन
गर्दैछु काम फल पाउने आसमा खुसी भबिस्यको बिस्वासमा
सुरु गरेर सकिन्छ कि जीवन अन्ते गरेर सकिन्छ थाहा छैन |