आज गणतन्त्र दिवस
राष्ट्रिय झण्डाहरू फर्फराइरहेका छन्। भव्य समारोहबीच नेताहरूका भाषणहरू गुन्जिरहेका छन्। मिडियामा राष्ट्रवादी गीतहरू बजिरहेका छन्। तर मेरो मनमा एउटा प्रश्न उठिरहेको छ ! के यो उत्सव साँच्चिकै जनताको हो, कि केवल सत्ताको?
मलाई लाग्छ, गणतन्त्र भनेको जनताको शासन हो । जनताका प्रतिनिधिमार्फत जनताको हितमा शासन चलाउनु । तर नेपालको सन्दर्भमा गणतन्त्र केवल राज्यशक्तिको पुनसंरचना मात्र भयको हो जस्तो छ ।
सत्ताको केन्द्र पालैपालो फेरिने “तँ हासे झै म रोए झै गर्ने” शैलीमा सरकार चलाउने प्रवृत्ति मौलाएको छ ।
“राजनीतिमा स्थायी मित्र र शत्रु हुदैन” भन्ने भ्रम फैलाएर आफू टिकिरहने जादु देखाउनेहरूको बाहुल्यता देखिन्छ ।
गणतन्त्र आय पछि झन भ्रष्टाचार संस्थागत बन्दै गयको छ ।
विकासका नाममा आउने वैदेशिक ऋणमध्ये ७०% भन्दा बढी कमिसन र ठेक्काबन्दीमा हराउने भयको छ ।
३० खर्बभन्दा बढी वैदेशिक ऋण, १६ खर्ब भन्दा बेसि घाटाको बजेट र आत्मनिर्भर उत्पादन क्षमताको पूर्ण अभावले राष्ट्रलाई स्थायी असुरक्षामा धकेलि रहेछ ।
हरेक नियुक्तिमा भागबन्डा संवैधानिक निकायहरूको दुरुपयोग हाबि
स्वास्थ्य, शिक्षा र रोजगारी सर्वसाधारणका लागि पनि सपना बनेका छन जबकि सत्तामा बस्नेहरू भने राज्यस्रोतको भरपुर उपयोग गरिरा हुन्छन ।
संरक्षित मानव तस्करी, कालोबजारी र तस्करहरूलाई राजनीतिक संरक्षण यी प्रवृत्तिहरू खुलेआम मौलाउदै गएका छन्।
आज हामी स्वास्थ्यमा महगो खर्च गरेर पनि राम्रो सेवा पाउन सकिरहेका छैनौ । शिक्षा महगो, रोजगारी दुर्लभ, र न्याय सर्वसाधारणको पहुचबाहिर बन्दै गएको छ । अाज राज्यले जनतालाई ‘सेवाग्राही’ होइन, ‘बोझ’ जसरी व्यवहार गरिरहेको अनुभूति भैरहेको छ । याहा रहर ले भदा बध्यताले बिदेसिनेको लर्को छ। देशमै बसेर काम गर्छु भन्दा राज्नितिक आड रोज्नु पर्ने बध्यता बनाइ यको छ ।
म सोध्न चाहान्छु ? के यही हो त्यो गणतन्त्र, जसका लागि थुप्रै पुस्ताले बलिदान दिए ? जहा आज पनि जो सत्तामा छ । ऊ नै सही उनै राम्रो भन्ने सर्वोपरि बनाईयको छ ? भो अब पुगो तपाइ नेता को कारन हामि जन ता लाइ लाज लागि सको !
यसरि अब पनि लाज पचाएर शुभकामना बाँड्ने बेला सकिएको छ । अब साँच्चिकै गणतन्त्रको अभ्यास गर्ने बेला हो । ढिलाइ नगरौ अति ढिलाइले देशको क्षति हुने अवस्था आउछ ।
भ्रष्टाचार, अराजकता र भागबन्डाको अन्त्य गरौ । न्यायालय र संवैधानिक निकायहरूलाई स्वतन्त्र, निष्पक्ष र बनाउ । बजेट र वैदेशिक ऋण जनताको हितमा प्रयोग हुने सुनिश्चित गरौ । लोककल्याणकारी राज्यको अनुभूति जनस्तरसम्म पुर्याऔ ।
गणतन्त्र केवल उत्सव होइन यस्लाइ उत्तरदायित्व बनाउ । हाम्रो व्यवस्था जसले नागरिकलाई केवल मतदानको अधिकार मात्र होइन शासनप्रणालीमा सरोकार राख्ने हैसियत दिनुपर्छ ।
हिजो जनताले राजतन्त्रको अन्त्य गरे । तर आज गणतन्त्रप्रति नै विश्वास गुम्न थालेको छ । किन सबै लाइ थानै छ ।भ्रष्टाचार मौलायो । न्याय बिक्री भयो । शिक्षा स्वास्थ्य सर्वसाधारणको लागि टाढिदै गयो । नेतृत्वले जनताको अपेक्षा होइन, आफ्ना स्वार्थलाई प्राथमिकता दिदा न्याय होइन, नियति बन्दै गयो । याहा लोकतन्त्र गणतन्त्र नभै सत्तातन्त्रको खेल भइरहेकै छ । त्यही कारणले समाजमा फेरि “धेरै राजा भन्दा एक राजा राम्रो” भन्ने स्वरहरू गुन्जिन थालेका छन् ।
आज राजाको चर्चा उठ्नुको कारण नेतृत्वको जनता प्रतिको उत्तरदायित्वविहीनता नै मूल कारण हो । यदि गणतन्त्रले आफूलाई सुधार्न सकेन भने जनताले फेरि विकल्प खोज्न बाध्य हुने छन । अनि त्यो विकल्प हामीले कल्पना पनि नगरेको हुन सक्छ ।
गणतन्त्र सुरक्षित राख्न नेतृत्वले नै आफू सुधार्नुपर्छ । नत्र, जनताको पुनविद्रोह र विकल्प खोजीको इतिहास फेरि दोहोरिन सक्छ।
✍️ रोशन अधिकारी

