नयाँ नेपालको सानो बीउ रोपियो भन्ने आसा

रुखको छायाँमुनि
चौतारीको चियापसलमा
फेरि गफ जमेको छ ।

कोही चिया सुर्काउँदै,
कोही चुरोट सल्काउँदै,
कोही हाँस्दै,
कोही आफ्नो पाटीको
हार्को पीडा लुकाउँदै।

चुनाव सकियो,
पोस्टरहरू फाटे,
नारा हराए,
तर चौतारामा
हाल्लिखल्लि मच्चि रहेछ

कसैले भदै छन
अरूको खेदो खन्नु हुँदैन,
किनकि खाल्डो खन्दा
कहिलेकाहीँ आफैँ फस्निन्छ

थप्दै छन फेरी
धेरै लोभ गर्नु हुँदैन,
लोभले आँखा बन्द गराउँछ,
अनि बन्द आँखा लिएर
मान्छे बाटोमै लड्छ।

कोहि सम्झाइदैछन
अति गर्नु हुँदैन,
अत्याचार सधैं टिक्दैन,
समयको हावा चल्दा
ठूलो सिंहासन पनि हाल्निने छ

हाँस्दै थप्दै छन
“म हिरो अरू जिरो”
भन्ने घमण्ड
समयले चाँडै फुटाउँछ,
किनकि समाजमा
सबैको मूल्य हुन्छ।

सादगी जीवन जिउनुपर्छ,
सादा बाटो हिँड्नेले
लामो दूरी पार गर्छ।

औंला ठड्याउँदै मा
बिना प्रमाण झुटो बोल्नु हुँदैन,
झुटो शब्द हावामा उड्छ,
तर सत्य
ढिलो भए पनि जम्छ।

धेरै बोल्नु भन्दा
धेरै सुन्न सिक्नुपर्छ,
किनकि इतिहास
पत्थरमा कोरिएको होइन,
समयले फेरिने कथा हो।

एक समर्थक लामो सास फेर्दै
मन्द मुस्कान छोर्दै
लडेर पनि उठ्नुपर्छ,
धैर्यता गुमाउनु हुँदैन,
आज नभए भोलि
पालो आउँछ।

चौताराको कुनामा बसेको
एक वृद्ध बुवाले भने
अनिकालमा बिउ जोगाउनुपर्छ,
समय खराब हुँदा
आशा जोगाउनुपर्छ।

परीक्षाको तयारी जस्तै
कहिलेकाहीँ
लुकी–लुकी
एक्लै पनि मेहनत गर्नुपर्छ।

गफ सकिँदै जाँदा
साँझको घाम झुक्यो,
छायाँ लामो भयो,
हिजो आजको समयले दियको
चौताराको केहि नया छ
सबै को मनमा ठुलो ठुलो भयको नै भानछ

देश भाषणले होइन,
सत्यले बन्छ।
देश घमण्डले होइन,
सादगीले बन्छ।
देश लोभले होइन,
ईमानले बन्छ।

“नेता बदल्नु मात्रै परिवर्तन होइन,
सोच बदल्नु नै
साँचो परिवर्तन हो।”

चौतारामा
मेरो पनि चिया चिसियो
गफ सुनि रहे
स्वाट्ट चिया सकियो,
मनमा
नयाँ नेपालको
सानो बीउ रोपियो
भन्ने आसा…

Back To Top