कविता “वाद”

माटाेमा नउम्रने
मान्छेकाे मन बिचार
विश्वास र लहैलहैमा
उर्वर भूमि जसले
खेती गर्दैन टन्न खान्छ
उद्याेग खाेल्दैन सुकिलै हिंड्छ
सिर्जना गर्दैन
फरक विचारका
मुहुना चिमाेट्छ
केवल मान्छेकाे दिमाग
नाराका ओदानमा
हाँडी बसालेर
फुरूरूरू मुरली मकै
भुट्नुभुट्छ ।

मेराे देशकाे माटाेमा
काेराेना भाइरसझ‌ैं
बाईसे चाैबिसे वाद
राणावाद राजावाद
पञ्चायतवाद प्रजातन्त्रवाद
मालेवाद पूँजिवाद
माओवाद साम्यवाद
समाववाद गणतन्त्रवाद
राेप्नु राेपिए वादैवाद ।

यी वादैवादमा
न विकास फल्याे न विश्वास
सुख समृद्धि फलेन
फल्याे केवल
व्यक्तिवाद भ्रष्टाचारवाद
नातावाद कृपावाद
परिवारवाद भाेलिवाद
फरियावाद चाकरीवाद
मुड्कीवाद कुर्चीवाद ।

यिनै वादकाे मथिङ्गलबाट
वर्तमानमा उम्रियाे
कठमुल्ला ठिमाहा
लाेकपृयतावाद
अगाडि गाईजस्ताे
पछाडि गधाजस्ताे
जुराे साँढेजस्ताे जीउ सुँगुरजस्ताे
पखेटा ढुकुरजस्ताे आसन भ्याकुताजस्ताे
थुतुनाे कागजस्ताे बाेली उल्लुजस्ताे
नारा घिऊजस्ताे पारा उनीउँ जस्ताे
यसैका पछिपछि मान्छेहरू
परिवर्तनकाे काेलाहलमा
डण्डा र झण्डासहितका
जिन्दावाद मूर्दावाद
विवेक जन्मेन कर्तव्य जन्मेन
सकारात्मकता बाँझिई
मेराे देशले निपाहअपच भएर
बान्ता गरिरहेका वादहरू ।

पुन्य प्रसद घिमिरे ( फेस्बुक कबि)

Back To Top