सिमल भुवा हेर आकाश
उडि भित्र गगन त्यो साथ ।
बैशाख सरद हुरी बतास
शिरीरी मधुमहझै मिठास ।
निलो आकाश माथि खुल्ला
बनपालुवा निहुरीया झुल्या ।
कोहिली कुहुकुहु सुसेली हाल्दै
लालिगुरास बनमा शोभा थप्दै ।
गुरास ओठमा लाली रसिला
मस्त यौवनमा सदा जोसिला ।
कुन्ज प्रकृति बैशले फुर्फुराउदै
बैशाख महिना सब मुस्कुराउदै ।

