तिमी माया गर्छु भन मै लेक ब्यासी गरौला

तिमी माया गर्छु भन मै लेक ब्यासी गरौला

तिमि माया गर्छु भन म ज्यानै दिउला
तिमी खुसी हुन्छु भन म बाचाले सिउला
सुख दिन नसकौला म माया दिइरहनेछु
तिम्रो निम्ती आइपर्ने दुखहरु सगै जिइरहन्छु
तिमी माया गर्छु भन मै लेक ब्यासी गरौला
तिमि हुन्छ भन मै पाउ परौला

लगाइ छाड्नेछोइन माया है सातौ जनम तिम्रै भो
राख मलाइ दिलमा सजाइ यो जीवन नै तिम्रो भो
तिमी किनारमा छु भन मै खोला वारि पारी गरौला
तिमी हुन्छ भन म जे सुकै सहौला

पाउना बनी पस्ने मन छ तिम्रो त्यो दिको मजेरिमा
जुनि जुनि भर बस्न मन छ तिम्रै काखको सिरानिमा
तिमी बत्ती बनी दिन्छु भन अन अफ मै गरौला
तिमी साथ दिन्छु भन मै अन्जिली भरी रहौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *