मन उडो हरर

मन उडो हरर

पानी परो दरर मन उडो हरर
कान्छी सरर बुट्ते जामा तरर
रुझायो पानीले उडायो जवानिले
पसिना धरर बैसालु रहर |

ताल फुटेझै मादाल जुटेझै
हात गोडाफुटेझै मौसम छुटेझै
मन फुरुङ्ग जिउ सुरुङ्ग एक्लै लुरुङ्ग
बाटोमा हरर जाँदै जाँदै सरर |

बादल सङ्ग लड्दै पक्रा पक्री गर्दै
हासो खुसी भर्दै अघि अघी सर्दै
आकास गड्याङ्ग बिजुली झस्याङ्ग
कान्छी भै थरर बन्दगरि नजर |

Leave a Reply

Your email address will not be published. Required fields are marked *